Live Streaming

ग्रिसमा ६ साता पछि आज सेयर बजार सुचारु

एजेन्सी,१८ साउन । ऋणसंकटले आक्रान्त बनेको ग्रिसमा ६ साता पछि आज सेयर बजार सुचारु हुने भएको छ । लामो समयपछिको छलफल र युरोजोन आवद्ध राष्ट्रहरुबाट राहातको प्याकेजमा सहमती भएपछि सुधारिएको ग्रिसको सेयर बजार आजबाट पूर्णरुपमा खुल्न लागेको हो

। ऋणसंकटले देशलाई गाँजेपछि आर्थिक अवस्था धरासायी बनेको ग्रिसमा युरोजोनका राष्ट्रले तेश्रो पटक राहातको प्याकेज घोषणा गरेका छन् । ग्रिससंकटका कारण युरोपको सेयर बजारमा समेत नकरात्मक असर देखापरेको थियो ।