Live Streaming

​क्यानडामा संसदीय निर्वाचनको घोषणा

एजेन्सी,१८ साउन । देशको आर्थिक अवस्था सुधारका लागि क्यानडामा संसदीय निर्वाचनको घोषणा गरिएको छ । प्रधानमन्त्री स्टेफन हार्परले आगामी १९ तारिकमा संसदीय निर्वाचन हुने घोषणा गर्नुभएको हो । सन् २००६ देखि सत्तामा रहेको प्रधानमन्त्री हार्परको पार्र्टी कन्र्जभेटिभले जनविश्वास गुमाउँंदै गरेको अवस्थालाई सुधार गर्न पनि यो निर्वाचनले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

निर्वाचनमा केही नयाँ नीति तथा कार्यक्रम लिएर उहाँको दल सहभागी बन्ने  छ । पछिल्लो समय देशको आर्थिक अवस्थामा केही उतारचढाब देखा परेपछि त्यसलाई सहज अवतरणका लागि पनि आसन्न निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।