Live Streaming

​ पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,१८ साउन । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले खाना पकाउने एलपी ग्याँस सहित  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । आजबाट पेट्रोल, डिजेल र मट्टितेल साढे दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यास ३५ रुपैयाँ सस्तो भएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ । मूल्य घटे सँगै अब पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएका कारण मूल्य घटाईको निगमले जनाएको छ ।

निगमले हरेक महिना स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्दै आएको भएपनि खाना पकाउने एलपी ग्याँसमा मूल्य घटाईको यो पहिलो पटक हो ।