Live Streaming

आवश्य परे १६ बुँंदे सहमतिमा पुनर्विचार गर्न सकिन्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं,१७ साउन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले १६ बुँदे सहमतिमा पुनर्बिचार गर्न सकिने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री समेत रहेका मन्त्री सिंहले  आवश्यक परे नयाँ संविधान सहमतिको दस्तावेज हुने भएकाले असन्तुष्ट पक्षको माग सम्वोधन गर्न १६ बुँदे सहमतिमा पुनर्बिचार गर्न सकिने बताउनुभएको हो । संविधानसभाका सबै दलको भावना अनुकुल संविधान जारी गर्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले संविधान कुनै दलले चाहेजस्तो नहुने बताउनुभयो । साउन महिनाभित्र नयाँ संविधान जारी गर्नेगरी दलहरुबिच छलफल भइरहेको उहाँको भनाइ छ । उहाँले नयाँ संविधान निर्माण गर्दा लोकतान्त्रिक मूल्य मान्यता र पूर्ण प्रेस स्वतन्त्रतामा सम्झौता नहुने स्पष्ट पार्नुभयो ।