विराटनगर तनावग्रस्त
विराटनगर,१७ साउन । विराटनगर उपमहानगरपालिका कार्यालयले बाटो विस्तारका लागि भन्दै विराटनगर बजारभित्र रहेका घरका सटरहरु धमाधम भत्काउन थालेपछि तनाव उत्पन्न भएको छ । विना जानकारी एक्कासी प्रहरी प्रशासनको आडमा सटरहरु भत्काइएको भन्दै स्थानीय व्यापारीहरु विरोधमा उत्रदा विराटनगर १४ रेन्बो गल्ली केही बेर तनावग्रस्त बनेको हो ।
स्थानीय बासिन्दाले पसलहरु खाली गर्न केही समय माग गरेपनि सम्बन्धीत निकायले मागको बेवास्ता गर्दै डोजर लगाएर सटरहरु भत्काएको व्यापारीहरुको गुनासो छ । ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सटर भत्काउन आएको टोली स्थानीयले अवरोध गर्न थालेपछि पछि हटेको थियो । उपमहानगरपालिकाले सर्वसाधारणको घरका सटर विना जानकारी भत्काउन थालेको भन्दै व्यापारी र स्थानीय बासिन्दाले केहि बेर प्रदर्शन गरेका छन् ।
उपहानगरपालिकाका अधिकृत पुनम दाहालले सटरहरु खाली गर्न र आफै भत्काउनका लागि यसअघिनै घर धनीलाई जानकारी गराइएको तर बेवास्ता गरेपछि नगरपालिका आफैले डोजर लगाउनुपरेको बताउनुभयो ।