Live Streaming

खेतीयोग्य जमीन कटान भएपछि किसान चिन्तित

नुवाकोट,१७ साउन । नुवाकोटको पूर्वी भेगमा रहेको दोर्खु खोलाले रालुका गाविसस्थित सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । अविरल वर्षासँगै आएको भीषण बाढीले रालुका देवी गाविस वडा नं. ९ टुटुङमा दोर्खु खोलाले पश्चिमी किनाराका एक सय २० रोपनी धान खेत पुरेको छ ।

स्थानीयबासीले जिल्ला प्रशासन, भूसंरक्षण  र जल उत्पन्न नियन्त्रण कार्यालयमा जानकारी गराउँदासमेत कुनै समाधान हुन नसकेको पीडित किसान खिलराज तामाङले जानकारी दिनुभयो ।  खोलाले भर्खरै रोपिएको सयौं रोपनी धानखेत पुर्दा दर्जनौ किसान मर्कामा परेका छन् ।