Live Streaming

एक सय ४५ जनाको ज्यान लिएको जुरे पहिरोको एक वर्ष

सिन्धुपाल्चोक,१७ साउन । सिन्धुपाल्चोकको जुरेमा एक सय ४५ जनाको ज्यान जाने गरि गएको भिषण पहिरो र त्यसले तिम्त्याएको त्राससदीपूर्ण स्थितीको आज एक वर्ष पुरा भएको छ । पहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षति सम्झिएर एक पर्ष पछि पनि पिडितहरुको पीडामा मल्हम लाग्न सकेको छैन ।

गत वर्ष साउन १७ गते मांखा र टोकनपुर गाविसका तीन गाउ पहिरोमा परी सुनकोसी नदी थुनिदा ३१ जना स्कुले बालबालीका सहित १ सय ४५ जनाले ज्यान गुमाउनु परेको थियो । विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म लगायत स्थानीय बसोबास गर्दै आएको एक सय २९ घर पूर्ण रूपमा ध्वस्त भयो । आठ परिवारको एक जना सदस्य पनि बाँचेनन । इटिनी, कागुने, ड्यामसाइड, पराजुली बस्ती, कहिल्यै प्रयोग गर्न नसक्ने गरी ठूलाठूला चट्टान र बालुवाले पुरिएर मरुभूमिका परिणत भयो ।

त्यस कहालिलाग्दो प्राकृतिक दुर्घटनामा परी धेरै घरहरु मानवबिहिन बने, धेरै बालबालिका अविभावकबिहिन बने । त्यसको पीडा सहँदै भाग्यले बाचेकाहरु अझै आसु खसाली बसिरहेका छन । जुरेमा पहिरो गएको एक वर्ष भएता पनि त्यहाँको व्यबस्थीत सडक निर्माणमा सरकारले तदारुकता नदेखाएको सथानीय जनताको गुनासो रहेको छ । पहिरो गएको करिव तीन महिनापछि सरकारले ट्रयाक खोलेता पनि अहिले पनि पानी पर्नासाथ बाटोमा सवारी साधन चल्न नसक्ने स्थिती आउने गरेको छ ।

माथिबाट दलदले लेदो आएर सडमा बस्ने भएकाले सवारी साधन फस्ने र फेरी अर्कौ दूर्घटना हुनेमा यात्रीहरु सशंकीत हुने गरेका छन् । तत्काल गरिहाल्नु पर्ने यस कार्यमा सरकारले आखाँमा छारो हाल्ने मेलो मात्र गरिरहेको स्थानीयको आरोप छ । सरकारले यस क्षेत्रका पीडित जनतालाई पुनर्वासको कार्यक्रम सञ्चालन गर्ने भनेता पनि अहिले सम्म सरकारले आफुहरुलाई केहि भरपर्दौ काम गर्न नसकेको पनि स्थानीय जनताले आक्रोश व्यक्त गरेका छन् । आफुहरुलाई उपलव्ध गराउने भनिएको पूनर्वास कार्यक्रम सरकारका गफ मात्रै भएको पीडितहरुको भनाई छ ।