मान तस्करी गर्ने आठ नेपाली विरुद्ध ईन्टरपोलको रेड कर्नर नोटिस
काठमाडौं,१७ साउन । वैदेशिक रोजगारको प्रलोभन देखाएर मानव तस्करी गर्ने ८ जना नेपाली विरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन ईन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । अनुसन्धानका क्रममा भागेका उनीहरुलाई विदेशबाट अन्य राष्ट्रका प्रहरीहरुलाई समेत पक्राउ हुन सजिलो होस भनेर सो नोटिस जारी गरिएको ईन्टरपोलले जनाएको छ ।
इन्टरपोलले परशुराम गुरुङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरी विरुद्ध रेडर्कनर नोटिस जारी गरेको हो ।