Live Streaming

मणीपुरमा भीषण पहिरो परी कम्तीमा २० जनाको मृत्यु

एजेन्सी,१७ साउन । भारतको पुर्वोत्तर राज्य मणीपुरमा पहिरोमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ । चन्देल जिल्लामा जमिन खस्न सुरु भएपछि त्यसले भीषण रुप लिई पुरै बस्ती पहिरोले पुरेको थियो । पहिरो खसेका कारण सो जिल्लाको अन्यत्रसंगको सम्पर्क टुटेको छ ।

हाल सम्मकै सबैभन्दा बढि बर्षा भएपछि सो क्षेत्रमा पहिरो झर्ने क्रम सुरु भएको हो ।  त्यस्तै स्थानिय नदीहरुमा पानीको सतहमा समेत वृद्धि भएपछि मणीपुरका दजैनौ बस्तीहरु डुबानमा परेका छन् । बाढी र पहिरोका कारण सो क्षेत्रमा हजारौ परिवार वबस्थापित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।