Live Streaming

माछा मर्न थालेपछि किसान चिन्तित

क्रान्ति शाह


वीरगन्ज ,१५ साउन ।  बाराको सिम्रौनगढ इलाकामा रहेका पोखरीमा पालिएका माछाहरु मर्न थालेपछि माछापालक किसान र ठेकदारहरु मर्कामा परेका छन् । सिम्रौनगढ इलाकामा पर्ने अमृतगन्ज , गोलागन्ज ,उचिडिह , हरिहरपुर,लक्ष्मीपुर कोतवाली , श्रीनगर बैरीया लगायतका गाँउहरुमा गबरि झण्डै चार सय वटा माछा पोखरीहरु रहेका छन् । चर्को घाम र खडेरीका कारण पोखरीमा पानी र अक्सीजनको कमीका कारण माछाहरु मर्न थालेको जिल्ल कृषि विकास कार्याल्य बाराका मत्स्य विकास अधिकृत मुन्निलाल अग्रहरीले बताउनु भयो । 


लामो समय देखि पानी नपरेको र चर्को घामका कारण पोखरीको पानी पनि सुक्दै गएको किसानहरुले बताएका छन् । अमृतगन्जका माछा पालक किसान रन्जित कुमार कुशवाहाले आफनो दुइ वटै पोखरीका धेरै जसो माछा मरिसकेको बताउनु भयो ।यस्तै अमृतगन्जकै  मोहन कुशवाहा ,टाल्हे मुखिया बिन ,पटेर्वाका राजकपुर प्रसाद, सलेमपुरका जयलाल कुशवाहा,  हरिहरपुरका रुपेश जयसवाल लगायतका किसानहरुले पनि आफनो पोखरीमा पालिएका माछाहरु मर्न थालेको बताएका छन् ।