गोमा एयरले तुम्लिङटारमा उडान भर्ने
छेटु शेर्पा
संखुवासभा,१५ साउन । गोमा एयरले काठमाडांै तुम्लिङटारका लागि साउन २२ गते देखि उडान सुरु गर्ने भएको छ । संखुवासभाको तुम्लिङटार बिमानस्थल कालोपत्रे भएसँगै जहाजहरुले सुरक्षित र यात्रुको चापलाई ध्यानमा राखेर उडान सुरु गर्ने सञ्चालकहरुले बताएको छ ।
आपत्तकालिन बिमानस्थलको रुपमा राज्यले राखेको यस विनास्थलमा बुद्ध र तारा एयरले दैनिक काठमाडौ तुम्लिङटार उडान भर्दै आएको छ । बुद्ध एयरले भने सातामा तीन दिन तुम्लिङटार बिराटनगरका लागि उडान गर्ने गरेको छ ।
मकालु हिमाल,तीनजुरे मिल्के जलजले क्षेत्र, अरुण उपत्याका र तेन्जीङहिलारी मार्ग हुदै सगरमाथा जाने पर्यटक बढी आवतजावत हुने भएकाले निजी कम्पनीहरुले उडान भर्न शुरु गरेका छन् । संखुवासभा र भोजपुरका यात्रु यो बिमानस्थलहँुंदै काठमाडौ बिराटनगर जाने गोमा एयरको उडानसँगै थप सहयोग पुग्ने भएको छ ।