Live Streaming

आज साउने पन्ध्र अर्थात् खीर खाने दिन

काठमाडौं,१५ साउन । आज साउने पन्ध्र अर्थात् खीर खाने दिन । नेपाली परम्पराअनुसार आजको दिन नेपालीहरुले खीर खाएर मनाउँंदैछन् । कृषिप्रधान देश नेपालमा रोपाई सकिएपछि खीर खाने प्रचलन छ ।

असार पन्ध्रमा दही चिउरा खाई रोपाइ गरेका नेपालीहरुले काम सकेपछि मिठो खाने प्रचलन अनुसार आजको दिन काजु नरिवल मरिच आदी मिसाएर तयार गरिएको खीर भोजन गर्ने गर्दछन् । वर्षायामले शरीरमा थकान हुन नपाओस् भनेर खीर भोजन गर्ने प्रचलन बसेको संस्कृतिविद्हरु बताउँंछन् । खीर खाने दिन भएकाले आज बजारमा दुधको माग पनि बढ्दो रहेको व्यापारीहरुको भनाई छ ।