Live Streaming

​पहिरोमा परेर मृत्यु हुनेको संख्या ३० पुग्यो, वेपत्ताहरुको खोजी कार्य जारी

पोखरा,१५ साउन । कास्कीको पहिरो प्रभावित क्षेत्रमा बिहानैबाट उद्धार तथा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । लुम्ले र भदौरे तामागीमा अहिलेसम्म ३० जनाको शव भेटिएको छ भने १४ जना बेपत्ता रहेको प्रमुख जिल्ल अधिकारी कृष्ण बहादुर रावतले जानकारी दिनुभयो । घाइते २० जनाको पोखरास्थित अस्पतालमा उपचार भइरहेको छ ।  

प्रभावित क्षेत्रमा सेना र प्रहरीको टोलीले उद्धार कार्य विहानै बाट सुरु गरेको तर लुम्ले आसपासमा ठुलो बर्ष भएकाले समस्या भएको उहाँको भनाइ छ । विस्थापितहरुका लागि खाना, लत्ताकपडा तथा मृतकका परिवारका लागि किरिया खर्च बापत रकम दिइने कार्य पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी राउतले बताउनुभयो । त्यसैगरी म्याग्दीको मुदि र मुनामा गएको पहिरोमा परी  ५ जनाको मृत्यु भएको छ ।


 यस्तै अवरुद्ध पोखरा बाग्लुङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हिजोदेखि अवरुद्ध बनेको बाटो बिहानैदेखि खुलाउने प्रयास भइरहेको र दिउँसोसम्म एकतर्फी मात्रै भएपनि खुलाउने प्रयासमा रहेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । बाटो नखुल्दा सयौं यात्रु अलपत्र परेका छन् ।