Live Streaming

बाढीका कारण पर्वतका दुई विद्युत आयोजना बन्द

माया अधिकारी

पर्वत,१४ साउन ।  अबिरल वर्षाका कारण मोदीखोलामा बाढी आउँदा पर्वतमा रहेका दुई जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।बाढी र पहिरोका कारण पर्वतको  देउपुर स्थित १४ दशमलब ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्र र चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एकमा विद्युत उत्पादन बन्द भएको हो । 

पर्वतको तिलहार गाउँ विकास समिति – ९ बेतनीमा गएको पहिरोले प्रसारण लाईनमा क्षति पु¥याएपछि मोदीखोला जलविद्युत आयोजनाको उत्पादन गएरातिदेखि बन्द भएको हो । प्रसारणलाईन अवरुद्ध भएपछि इन्टेकमा विद्युत आपुर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए । अवरुद्ध सडक सुचारु भएपछि प्रसारणलाईन मर्मत गरी विद्युत उत्पादन सुचारु गरिने भट्टले बताए ।


यसैगरी मोदीखोलामा आएको बाढीले चुवास्थित विद्युत गृहमा क्षति पु¥याएपछि १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाको उत्पादन बन्द भएको छ  । बाढीले विद्युत गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर बिद्युतगृहमा नै बाढी पसेको छ । विद्युतगृहको ढोका बन्द गरेका कारण ठूलो क्षति नपुगे पनि उत्पादन सुचारु गर्न केही समय लाग्ने आयोजनाका इलेक्ट्रिकल ओभरसियर बिष्णुु सुबेदीले बताए ।