सबैका भावना समेटेर संविधान बन्छ प्रधानमन्त्री
काठमाडौं,१४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथि रहेका कमीकमजोरी सच्याई सबैका भावना समेटेर संविधान जारी गरिने बताउनु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न संस्थाको प्रतिनिधिसँंग प्रधानमन्त्री कोइरालाले समयमै संविधान जारी गर्न नसकिए मुलुक ठूलो दुर्घटनामा पर्ने भन्दै संविधानसभा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको बताउनुभयो ।