पर्वतका बिरामी उचारका लागि हेलिकोप्टर चार्टड गर्न वाध्य
माया अधिकारी
पर्वत,१४ साउन । अविरल वर्षाका कारण पोखरा–वागलुसङ राजमार्ग अवरुद्ध भएपछि धौलागिरि अञ्चलका बिरामीहरु हेलीकोप्टर चार्टड गरेर पोखरा जान बाध्य भएका छन् । झाडा पखालाका कारण अवस्थजा गम्भीर भएपछि धौलागिरि अञ्चल अस्पताल बाग्लुङबाट रिफर गरिएका विहुं गाविस बडा नम्वर ६ का यम बहादुर विक हेलिकोप्टर चार्टड गरे पोखरा गएका छन् । अञ्चल अस्पताल बाग्लुङले पोखराका लागि रिफर गरेपछि उनले ५० हजार रुपैया खर्च गरेर थप उपचारका लागि पोखरा गएका हुन् । बाग्लुङबाट रिफर गरिएका विरामी विक लाई मुक्तिनाथ एयरको हेलिकोप्टरमार्फत बिहान ११ बजे कुश्मामा रहेको सशस्त्र प्रहरी बल चण्डीका गण बडागाँउचौरबाट मणिपाल शिक्षण अस्पताल पठाईएको थियो ।
आर्थिक अभावका कारण बाग्लुङ अस्पताल ल्याउन समेत कठिन भएको अवस्थामा हेलिकोप्टर मार्फत छोराको उपचारका लागि पोखरा पठाउन निकै समस्या परेको आमा कौसिला विकले बताईन । हेकिकोप्टर मगाएर पोखरा पठाउदा ५० हजार तिर्नुपरेको बताउदै पैसा भन्दा पनि छोराको ज्यान प्यारो भएकाले यसरी पठाउनु परेको विकले बताईन ।
बाटो अवरुद्ध भएका कारण एम्बुलेन्समा विरामी पठाउन नसकिने भएपछि विरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाउनु परेको विकका भाई विरेन्द्र विकले बताए । पर्वत, म्याग्दी र बाग्लुङका पोखरा काठमाण्डौ रिफर गर्नु पर्ने विरामी समस्यामा परेका छन ।
पोखरा बाग्लुङ राजमार्गको विभिन्न सडकखण्डमा बाटो अवरुद्ध भएकाले बाटो पन्छाउने काम भैरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक विकास तिमिल्सिनाले बताए । डोजर तथा स्काभेटरको प्रयोग गरेर बाटो पन्छाउने काम भैरहेकोले आजै साँझ सम्ममा सवारी आवागमन सुचारु बनाउने प्रयास भैरहेको तिमिल्सिनाले बताए ।