पहिरोमा पुरिएर एकको मृत्यु, चार जना वेपत्ता
गोपाल छन्त्याल
म्याग्दी, १४ साउन । अविरल बर्षापछि आएको पहिरोमा पुरिएर जिल्लाको मुना–४ कुनौटोमा एकजना बालिकाको ज्यान गएको छ । घर माथिबाट आएको पहिराले घर पुरिँदा ८ बर्षीया मेलिना पुनको ज्यान गएको ताकम प्रहरी चौकीका प्रहरी निरिक्षक अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार, मेलिना पुनकी आमा र बुबा सामान्य घाईते भएका छन् ।
उनीहरुको स्थानीय प्राथामिक स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबार रातिकै पहिरोमा परि मुदी – ५ नेरवाङको गारखोरीयामा चार जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा चार जना बेपत्ता हुनुका साथै संयौ पशुहरु मरेको हुनसक्ने प्रथम धौलागिरी जनयुवा कल्व मुदीका अध्यक्ष खबीन घर्तीले जानकारी दिए ।
वेपत्ताको पहिचान खुल्न सकेको छैन् । बिहीबार बिहानै वेपत्ताको खोजी र उद्धारका लागि मुदी र नेरवाङका बासिन्दाहरु घटनास्थलमा पुगेका छन् । पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । पुन नहुँदा उद्धारकर्तालाई घटनास्थलमा पुग्न समस्या भएको छ । नजिकको मुदी गाउँबाट घटनास्थलमा पुग्न दुई घण्टा पैदल हिड्नुपर्छ ।