अब्दुल कलामको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै
एजेन्सी,१४साउन । भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डा. अब्दुल कलामको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ । डा. अब्दुल कलामको गृह नगर रामेश्वरममा उहाँको दाहासंकारका लागि देश भरबाट लाखौं सर्वसाधारण जम्मा भएका छन ।
कलामको पार्थिव शरीरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताले श्रद्धान्जली दिनुभएको छ । कलामको निधनको शोकमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । कलामको ११ गते निधन भएको थियो ।