डेङ्गुबाट मलेसियामा एक नेपालीको मृत्यु
अर्जुन काफ्ले
मलेसिया,१४ साउन : दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए । जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुँदै आएका छ्न । खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन् ।
अत्याधिक ज्वारो आउने, खाना नरुच्ने र जिउ दुख्ने डेङ्गुका लक्षण रहेका चिकित्सकहरुको भनाइ छ । सुरुवातमै उपचार गरे निको हुने भए पनि हेलच्याक्राइँका कारण ज्यान जाने चिकित्सकहरु बताउँछ्न । मृतकको शब पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।