Live Streaming

मुम्बइ हमलाका दोषी मेमनलाई फाँसी

 

एजेन्सी,१४ साउन । मुम्बइ हमलाका दोषी याकुव मेमनलाई मृत्युदण्डको सजाय दिइएको छ । फाँसीको सजाय मिनाहका लागि उनले गरेको दया याचना अन्ततः सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनलाई आज बिहान नेपाली समयअनुसार पौने ७ बजे मृत्युदण्ड दिइएको हो । उनलाई सवा ७ बजे चिकित्सकहरुले मृत्त घोषणा गरेका थिए । नागपुर जेलमा दिइएको मृत्युदण्डको क्रममा त्यहा ६ जना उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । उनीमाथि मृत्युदण्डका विषयमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडंनविसले जानकारी दिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सन् १९९३ मा २ सय ५७ जनाको मृत्यु हुने गरी मुम्बइमा भएको श्रृखंलाबद्ध बम आक्रमणमा संलग्न भएको आरोपमा उनीलाई मृत्युदण्ड दिइएको हो । यसअघि सजाय फिर्ताका लागि मेमनले गरेको दया याचना मध्यरातमा राष्ट्रपति प्रणव मुखर्जीले खारेज गरेपछि उनले सर्बोच्च अदालतको ढोका ढकढकाएका थिए । उनीमाथि सुनुवाइका लागि राती नै त्यहाँंको सर्वोच्च अदालत खुला गरिएको थियो । तर सर्बोच्च अदालतले पनि आज सबैरे याचनालाई अस्विकार गरिदिएपछि उनले मृत्युदण्डको सजाय भोग्नु परेको हो । 


उनको सजाय खारेज वा कम्तिमा १४ दिनको समय दिन उनका वकिलले याचना दायर गरेका थिए । उनीविरुद्ध यसअघि नै जारी गरिएको डेथ वारेन्टमा जुलाइ ३० तारेख अर्थात आजकै दिन फाँसी दिने सजाय तोकिएको थियो । मुम्बइ आक्रमणको करिब १ वर्षपछि उनी काठमाडौँमै पक्राउ परेका थिए ।