भारतमा तीनवटा भवन भत्किए
एजेन्सी
काठमाडौं,१३ साउन । भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा तीनवटा भवन भत्किएका छन् । भवन भत्किदा ३ जनााको मृत्यु भएको छ भने ११ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै पनि केहि व्यक्ति भग्नावशेषमा च्याप्पिएको हुन सक्ने अनुमान गरिएको छ ।
ठाणेस्थित डोम्बीवली क्षेत्रमा सो घटना भएको भारतीय आपत प्रबन्ध विभागका जनसम्पर्क अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । विभागका अनुसार सो क्षेत्रमा अहिले उद्धार तथा राहतको काम भइरहेको छ । भत्किएका ति भवनहरु करिब ३५ बर्ष पुराना थिए ।