Live Streaming

​स्वास्थ जाँंचका लागि नेता खनाल भारततर्फ

काठमाडौं,१३ साउन । आज नै एमाले वरिष्ठ नेता झलनाथ खनाल अकस्मात भारत जानुभएको छ ।  पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता खनालको भ्रमण भने राजनीतिक नभइ स्वास्थ्य उपचारको लागि भएको उहाँको निजी सचिवालयले जनाएको छ ।खनाल नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको खनालका सहयोगी प्रेम जेसीले जानकारी दिनुभयो ।  गत असोजमा अमेरिकाको मेरिल्यान्डमा उपचार गरेर आउनुभएका  खनाल फलोअपका लागि दिल्ली जानुभएको हो ।

खनालमा पिसाव सम्बन्धि समस्या छ । उहाँले मेदान्त अस्पतालमा स्वास्थ्य जाँच गनुृहुनेछ । बिहान ८ बजे नेपाल एयरलाइन्सबाट दिल्ली प्रस्थान गरेका उहाँ भोली स्वास्थ्य परिक्षण गरी पर्सि नेपाल फर्कने कार्यक्रम रहेको छ ।