पारस आफै गाडी चलाएर अस्पतालबाट निस्के
काठमाडौं, १३ साउन।पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् ।
चार दिनसम्मको अस्पताल बसाइपछि पारस बुधबार मध्यान्ह आफैं कार चलाएर अस्पतालबाट बाहिरिएका हुन् । नर्भिकका चिकित्सक भरत रावतसहितको टोलीले पारसको मुटुको धड्कन सामन्य गतिमा चल्न दिनका लागि आइतबारै पेस मेकर राखिदिएका थिए ।