Live Streaming

​अब गढीमाई मेलामा बली दिन नपाइने

काठमाडौं,१३ साउन । संसारमै सबैभन्दा धेरै संख्यामा पशुचौपायाको बली दिइने बाराको वरियापुर गाविसमा पर्ने गढीमाई मन्दिरको मेलामा बली रोकिने भएको छ । मेलामा बली दिने प्रथा ३ सय वर्षदेखि चलिआएको भन्ने मान्यता छ । 

पशुकल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेसनले मंगलबार  भारतको राजधानी दिल्लीमा पत्रकार सम्मेलन गरेर यो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले विज्ञप्ति पठाएर बली रोक्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा गढिमाई मन्दिरका मूल पुजारी मंगल चौधरी थारु र समितिका सचिव मोतीलाल कुशवाह उपस्थित रहनुभएको थियो । यो मेला पाँचपाँच वर्षको अन्तरमा लाग्ने गरेको छ ।