Live Streaming

स्वास्थ्य संस्थामा पानीको समस्या

श्रीराम केसी
धुलिखेल,१३ साउन । जिल्लाका  अधिकांश ग्रामीण स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह (बर्थिङ सेन्टर) पानीको समस्या रहेको छ । जिल्ला अस्पताल स्वास्थ्य चौकी र नीजि अस्पतालहरुले समेत प्रसूति सेवा दिइरहेपनि अधिकांश सञ्चालित प्रसूति गृहहरुमा पानीको समस्या हुँंदा बिरामी र स्वाथ्यकर्मीहरुले सरसफाई र  खानेपानीको अभाव झेल्दै आएका छन् ।
सरकारले स्वास्थ्य संस्थामै बच्चा जन्माउन आमाहरुलाई प्रेरित गर्ने उद्देश्यले प्रसूति गृह सञ्चालन भइरहे पनि अधिकांश स्वास्थ्य संस्थाहरुमा पानीको अभाव छ । जिल्ला जनस्वास्थ कार्यालयले ‘आमा सुरक्षा कार्यक्रम’  चलाइरहेता पनि  स्वास्थ्य संस्थाहरुमा सुत्केरी भएपछि सफाई र खानका लागि आवश्यक पर्ने पानीको  समस्याले जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरु समस्यामा पर्ने गरेका छन् ।


महिला स्वास्थ्य स्वयमसेवीका मार्फत पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने सन्देश प्रवाह भइरहेको छ । तर सुत्केरी हुदाँको कपडा धुन र बच्चालाई नुहान समेत पर्याप्त पानी नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । “कतिपय बर्थिङ सेन्टरमा पानीको चरम अभाब छ, विकट डाडापारीमा रहेको फोक्सीनटार स्वास्थ्य चौकीकी अनमी सरसोती रेग्मी भन्छिन्  ‘पानी नहुदाँ स्वास्थ संस्थाहरुले धेरै समस्या खेप्नुपरेको छ ।’ त्यस्तै पानीको समस्याले कतिपय अवस्थामा धेरै सास्ती खेप्नुपरेको  मेच्छे स्वास्थ्य चौकीका अनमी सरस्वती रायले गुनासो गरिन पानीको अभावमा हामीले तलव दिएर पानी बोक्ने मान्छे राखेका छौ दैनीक ५० लिटर ओसार्छन । त्यसैले काम चलाउनु पर्छ कहिलेकाही त त्यही पनि हुदैन ।’


सदरमुकामनै नजिक रहेको धुलिखेल सामुदायीक अस्पतालमा समेत पानीको समस्या पर्न थालेको छ । अस्पतालका लागि दैनीक ५० हजार लिटर पानी अपुग हुदै आएको  धुलिखेल अस्पतालका प्रशासनीक प्रमुख डा. राजेन्द्र कोजुले बताए ।  ‘हामीलाई  दैनीक २ लाख लिटर पानिको आवश्यक्ता पर्छ तर हामीसंगै १ लाख ५० हजार लिटर पानी आउने भएकाले  समस्या हुन थालेको छ ।’ त्यस्तै जिल्लाका विकट गाविसहरुमा रहेका अधिकासं स्वाथ्य संस्थाहरुमा पानीको समस्या रहेका मेथीनकोट अस्पतालकी डा. भवानी सिल्पाकारले बताईन हिउदमा पानी आउदैन बर्षामा धमिलो आउछ । उनले दुखसो पोख्दै भनिन् एउटा इनार छ अस्पतालमा भएका विरामी र स्टाफहरु सवैलाई पु¥याउनु पर्छ धमिलो पानी उमालेर पिल्टर गरेर खानुपर्ने बाध्यता रहेको बताईन ।
‘जिल्लामा रहेको स्वास्थ संस्थाहरुको अनुगमन गरि त्यहा रहेको समस्याहरु लाई चाडैनै समस्या समधान गर्छु ।’जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख, डा. राजेन्द्र प्रसाद शाह भन्छन् ‘पानीको अति अभावमा रहेको प्रसूति गृहहरुको अवस्था पत्ता लगाएर समस्या समाधानको उपाय खोजीने बताए ।

जिल्लाको अति विकट डाँडापारी क्षेत्रमा पर्ने ९ मध्ये मिल्छे, साल्मेचाकल, घर्तीछाप, बन्खु, फोक्सिङटार र बुढाखनी तथा दुर्गम कोशीपारी क्षेत्रमा रहेका १७ मध्ये कार्तिक देउराली धुसेनी सिवालय, बिर्तादेउराली, बेगसिम्ले, सानो बाङथली, भूम्लुटार र कोलातीभूम्लु गाविसमा समेत प्रसूती गृह सञ्चालनमा आएका छन् । तर पर्याप्त पूर्वधार बिना सञ्चालन भएका प्रसूति गृहहरुमा आवश्यक पुर्वाधार र पानीको समस्याले  चुनौती थपीदै गएको छ । जिल्लामा १ अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १ सय वटा स्वास्थ्य चौकी,  २ वटा स्वास्थ्य इकाइ र तीन वटा नगर स्वास्थ्य केन्द्र सरकारी हुन् । त्यस्तै धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपाले समेत प्रसुति सेवा दिदैँ आइरहेका छन् । 


अधिकासं स्वास्थ्य संस्थामा घण्टौ लगाएर पानी बोकेर ल्याउनुपर्ने समस्या रहेको जिल्ला स्वाथ्य कार्यायका सुचना अधिकृत नारायण केसीले जानकारी दिए । उनका अनुसार भुकम्पले पानीको मुहान  सुकेसंगै विरामीलाई खानेपानी र सरसफाईका लागि समेत घण्टौ लगाएर पानी ल्याउनुपर्ने र र विकल्पमा आकासे पानी संकलन गुर्नपर्ने बाध्यता रहेको बताए ।