Live Streaming

संखुवासभा खानेपानी र सरसफाईमा पूर्ण

छेटु शेर्पा

संखुवासभा,१३ साउन: संखुवासभामा ९५ प्रतिशत खानेपानी तथा सरसफाइ सेवाबाट लभान्वित भएको खानेपानी शव डिभिजन कार्यालयले जनाएको छ । ३४ हजार १ सय ४६ घर धुरीमा ३२ हजार ५ सय ५ शौचालय निर्माण भई प्रयोगमा आएको र २६ हजार ५५ घरधुरीले व्यवस्थित खानेपानी प्रयोेग गरेको जनायो ।  

मंगलबार खाँदबारीमा खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय खाँदबारीले आयोजना गरेको कार्यक्रममा २५ गाविस मध्ये २१ वटा खुल्ला दिशामुक्त घोषणा भई सकेको र बाँकी चार गाविस र तीन नगरपालिका अन्तिम तयारीमा रहेकाले जिल्ला खानेपानी र सरसफाइमा अगाडी बढेको डिभिजन प्रमुख इन्जीनियर अमित रन्जीतले बताउनुभयो । कार्यालयका अनुसार दुई हजार ५९ परिवारले शौचायल बनाउन बाँकी रहेको छ ।

शुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान शुरु भएयता १९ हजार २ सय ४७ शौचालय निर्माण भई प्रयोगमा आएको प्रमुख रन्जीतले बताउनुभयो ।