Live Streaming

देउवा आज भारत जाँंदै

काठमाडौं,१३ साउन । पूर्वप्रधानमन्त्री तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा भारतको ६ दिने भ्रमणका लागि आज नयाँदिल्ली जाँदै हुनुहुन्छ । भारत सरकारको निमन्त्रणामा देउवा अपरान्ह चार बजे दिल्ली प्रस्थान गर्नुहुने उहाँको निजि सचिवालयले जनाएको छ ।

संविधानको मस्यौदामा जनताको सुझावमाथि संविधानसभामा बहस भइरहेका बेला देउवा भारत जान लाग्नुभएको हो  । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, आज बुधबारबाट सुरु हुने भ्रमण आउँदो सोमबार सकिनेछ । देउवाले भोली भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग भेटवार्ता गर्नुहुनेछ भने  पर्सि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसबाहेक देउवाले भारतीय ऊर्जामन्त्रीसँग पनि भेटवार्ता गर्ने तय भएको छ भने देराहदुनमा रहेको तेहरी बाँधको अवलोकन समेत गर्ने जनाइएको छ ।