Live Streaming

जबर्जस्ती संविधान लाद्न खोजिदै छ: यादव

विराटनगर,१२ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती नयाँ संविधान लाद्न खोजिएको आरोप लगाउनुभएको छ । बिराटनगरमा आज सञ्चारकर्मीहरुसँग अध्यक्ष यादवले आदिवासी,मधेसी तथा जनजातिहरुलाइ अधिकारबाट बञ्चित गराउन खोजिएको भन्दै यस्तो संविधान अधुरो हुने तर्क गर्नुभयो ।

जनताबाट प्रत्यक्षरुपमा कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको उहाले स्पष्ट पार्नुभयो । उहाँले संविधानसभाबाट राजीनामा गर्ने विषयमा अहिले कुनै निर्णय नभएको भन्दै संविधानसभाभित्रैबाट कडारुपमा प्रस्तुत हुने बताउनुभयो ।