नागरिकले चाहेकै संविधान आउँंछ: अध्यक्ष नेम्वाङ
काठमाडौं,१२ साउन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नागरिकको रायसुझाव अनुसार परिमार्जन भएर संविधान जारी हुने बताउनुभएको छ । कानुन समाज नेपालले आज काठमाडांैमा गरेको कार्यक्रममा सभाध्यक्ष नेम्वाङले साउन मसान्तभित्रै संविधान जारी गर्न केही प्रक्रिया छोट्याउनुपर्ने बताउनुभयो ।
प्रकृया छोट्याए पनि सभासदहरुले छलफलका लागि पर्याप्त समय पाउने बताउँदै नेम्वाङले संविधानसभाले आफ्नो प्रकृया, मुल्य र मान्यतामा भने कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । समयभित्रै संविधान जारी गर्न दिन आग्रह गर्दै उहाँले संविधानभित्र रहेर संघर्ष गर्ने र लड्ने आधार बनाइदिने धारणा व्यक्त गर्नुभयो ।
नेम्वाङले अग्रगामी संविधानका लागि संविधानसभा भित्र र बाहिरका असन्तुष्ट दलहरुसँग छलफल गर्नुपर्ने र त्यसका लागि दलहरुलाई आग्रह समेत गरिएको जानकारी पनि दिनुभयो ।