सेवा छ,सुविदा छैन
सुवास योञ्जन
चरीकोट १२ साउन । दोलखाको सदरमुकाम चरीकोटमा रहेको भीमेश्वर नगरपालिले सेवा वापत कर लिएको छ तर सुविदा भने नदिएको नगरबासीहरुको गुनासो रहेको छ । नगरबासीको लागि दिनुपर्ने सेवा सुविदा पर्याप्त मात्रामा नदिएको र नगरपालिकाले लिनुपर्ने कर भने कडाइको साथ लिएको भन्दै स्थानीयहरुले विरोध समेत जनाउन सुरु गरेका छन् । नगरबासीको सुविदाको लागि सडकबत्ती,दमकल,वडा कार्यालय स्थापना,सडक निर्माण तथा मर्मत , नगरप्रहरी, नगरबस,खानेपानी र सफाइजस्ता आधारभुत सेवाहरु नै नदिइ करमात्र असुलीरहेको स्थानीय एवंम सञ्चारकर्मी रबिन्द्र गौत्तमको भनाइ रहेको छ ।
उनले नगरपालिकाले कर लिन भने ऐन नियमको पालना गरेको र स्थानीयलाई दिने सेवा सुविदामा भने ऐननियमलाई मिच्ने गरेको आरोप लगाए । भुकम्प गएको तिन महिना वितिसक्दा पनि नगरपालिका भित्रका भग्नाभषेश घरहरु नहटाएको,धराप संरचनाहरु नभत्काएको,घरबेटीहरुले चर्कोमुल्यमा घरभाडा बढाउँंदा पनि बेवास्था गरेको स्थानीय गौत्तमको भनाइ रहेको छ । गौत्तमले केही दिन अघिबाट नगरपालिकाले साविकको कर भन्दा २१ सय प्रतिशत ले कर बढाएको भन्दै विरोध समेत गरेका छन् ।
यस्तै नागरीक समाज दोलखाका संयोजक एंवम नगरबासि चिरन्जीवि मास्केले नगरपालिकाले बढाएको कर तत्काल नघटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले भुकम्प पिडित १४ जिल्लामा मालपोत कर २ वर्षको लागि मिनाहा गर्ने निर्णय गरीरहेको बेला नगरपालिकाले भने एक्कासी कर बढाएर भुकम्प पिडितहरुको घाउमा नुनचुक हालेको बताए । गत बर्षहरुमा १२ सय रुपैया कर तिर्नु पर्ने मा अहिले करमा वृद्धि गरेपछि २५ हजार रुपैयाँंसम्म कर तिर्नु पर्ने उनको भनाइ रहेको छ ।
स्थानिय स्वायत्त शासन दोस्रो संशोधित नियमावली ०६१ अनुसार पहिलो पटक यस आर्थिक वर्षबाट करमा बृद्धि गरेको नगरपालिकाका कार्यकारी अधिकृत सन्जयबहादुर राजलावटको भनाइ रहेको छ । उनले मन्त्रालय बाट कर मिनाहा गर्ने कुनै पनि पत्र प्राप्त नभएकोले राजनितिक सहमतीमै साउन १ गते बाट करमा बृद्धि गरेको जानकारी दिए । यसैविच एमाओवादी दोलखाका नगरइन्चार्ज नविन लामाले यस अघि १२ हजार कर लिनुपर्नेलाई १२ सयमात्र कर लिई रहेको र अहिले एकैपटक २५ हजार पु¥याएकोले थप समस्या भएको बताए । यो निर्णय आफूहरुको मात्र नभइ नगरपरिषदको निर्णय भएको समेत जानकारी दिए ।