Live Streaming

​काठमाडौ विश्वविद्यालयका अधिकांश भवन गैर कानुनी

श्रीराम केसी
धुलिखेल,१२ साउन । काठमाडौ विश्वविद्यालयको अधिकांश भवन नक्सा पासै नगरी निर्माण गरिएको खुल्न आएको छ । धुलिखेल ७ मा रहको (केयु)को केन्द्रिय कार्यालयमा बनेका  २२ भवन मध्यमध्ये ९ बटा भवनको मात्र नक्सा पास भएको र बाँंकी १३ वटा भवन विना नक्सा पास निर्माण गरिएको  खुल्न आएको हो ।बार्षिक रुपमा ३ सयको हाराहारीमा इञ्जिनियर उत्पादन गर्दै आएको काठमाडौं विश्वविद्यालय (केयु) का अधिकांश संरचना नक्सा पास नगरी अनुमती विनानै गैर कानुनी रुपले सञ्चालन गरेको  धुलिखेल नगरपालिकाले जनाएको छ ।

धुलिखेल नगरपालीकामा रहेको ३ सय ४० रोपनी र पनौती नगरपालीका १ चौकोटमा रहेको ५ सय रोपनी जग्गामा बनेका २२ भवन मध्य ९ वटा भवनको  मात्र नक्सा पास भएको नगरपालीकाका एक कर्मचारीले बताए । २०४८ सालमा विश्वविद्यालय ऐन अन्र्तगत स्थापना भएको विश्वविद्यालयले २०५२ सालदेखि नै निर्माण कार्य शुरु गरिएपनि हालसम्म भवनहरुको नक्सा पास गरिएको छैन ।

साइन्स ब्लक, टिचर ट्ेरनिङ ब्लक, गल्स होस्टल, लाइब्रेरी, गल्स होस्टल, प्रशासनिक भवन र स्टाफ क्वाटर २०६२ जेठ ३१ मा नक्सा पास पास गरिएतापनि अन्य ५ संरचनाको नक्सा पासका लागि फाइल पेश गरिएपनि नगरपालिका र विश्वविद्यालयको छात्रावृद्धीको विवादले बेवारीस अवस्थामा थन्केर बसेको  केयुका एक कर्मचारीले बताए ।कानुन अनुसार नगरपालीका भित्र कुनै पनि भवन भौतीक संरचना निर्माण गर्नु अधि विना स्किृती भवन निर्माण गर्नु गैर कानुनी रहेको धुलिखेल नगरपालीकाकी कार्यकारी अधिकृत मिनाक्षी भुर्तेल बताउछीन् ।

यो विषयमा हामीले विश्व विद्यालयलाई बारम्वार  ताकेता गर्दा समेत वास्ता नगरी बसेको छ  । उनका अनुसार ‘पटक पटक आग्रह गर्दा समेत  नक्सा पासका लागि कुनै प्रक्रिया अधिनबढाएको बताइन् । उनले थपिन ‘विगतमा विश्व विद्यालय र नगरपालीका विच भएको सम्झौतामा निशुल्क गर्ने सहमति भएको कारण देखाउादै केयु पन्छदै आएको बताईन ।‘हामीले निर्माण अगावै सम्पूर्ण गुरुयोजना नै पास गर्न खोजिएका थियौ ।, तर नगरपालीकामा यो व्यवस्था नहुनाले नक्सा पास गर्न ढिला भएको विश्वविद्यालयका प्रशासकीय अधिकृत मुकुन्द उपाध्याय बताए । ‘नगरपालीकामा जनप्रतिनीधी नहुनु पटक पटक फेरीले कार्यकारी अधिकृतले  गुरु योजना पास गर्न नमिल्ने आदी कारणले  बनेका संरचनाको समेत नक्सा पास हुन कठिनाई भएको बताए ।
उपाध्यायका अनुसार, इञ्जिनियरिङको प्रमाणपत्र तहका लागि धुलिखेल नगरबासी विद्यार्थी १ जनालाई लाग्ने शुल्क मध्ये एक तिहाई विश्वविद्यालयले एक तिहाई नगरपालीकाले र एक तिहाई विद्यार्थीले   बेहोर्ने शर्तमा छात्रावृद्धी दिदै आएका थियौ ।

तर उक्त सहमति अनुसार २८ लाख रुपैँया नगरपालिकाले अझै विश्वविद्यालयलाई तिर्न बाँकी रहेको बताए । नगरपालीकाले विश्व विद्यालयबाट राजस्व रकम लिने  भनेसंगै विश्वविद्यालयले पनि लिने छात्रावृद्धीमा लगाएको सहुलीयत रकमको विभादले नक्सा पास हुन सकेको छैन ।सर्वधारणकाले नक्सा पास नगरी भवन बनाउदा नगरपालीका घरै भत्काउने देखी लिएर सेवा सुविधबाट बञ्चीत गर्ने चेतावनी दिन्छ धुलिखेलका रोकेश श्रेष्ठले भने खै त सवैलाई  सम्मान व्यवहार र कानुन सानालाई ऐन ठुलालाई चन भएको बताए ।


कानुनमा भवन बनाउन अनुमति लिन दरखास्त गरे पछि ७ दिन भित्र उक्त भवन निर्माण बाट सन्धियार कसैलाई पिर मर्का पर्ने भए आफुलाई मर्का परेको विवरण खुलाई सुचना टास भएको १५ दिन भित्र उजुर गर्ने म्याद हुने छ । सो म्याद भित्र उजुर नपरे ३ दिन भित्र इन्जिनियर वा ओभरसियर र अन्य कर्मचारी खर्टाई उक्त निर्माण कार्य गर्न मिल्ने नमिल्ने कुराको जाच गर्न लगाउने र १५ दिन भित्र जाच बुझको प्रतिवेदन नगरपालिकामा पेश गर्ने । प्रतिवेदन प्राप्त भएको ७ दिन भित्र भवन बनाउने अनुमति दिइने व्यवस्था हरेको  छ ।