कलामको निधनले प्रम कोइराला स्तब्ध
काठमाडौं,१२ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम हाम्रा बीच नरहेपनि उहाँका सर्वकालिक विचारहरुले समाजलाई उन्नति र प्रगतिको पथमा लैजान सदैव प्रेरित गरिरहने विश्वास लिनुभएको छ ।
कलामको निधनको शोकमा एक बक्तव्य जारी गरी प्रधानमन्त्री कोइरालाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र समस्त भारतीय जनतामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उहाँको निधनबाट भारतले मुलुकको उन्नति र प्रगति प्रति सदा समर्पित पूर्व राष्ट्रपति र वैज्ञानिक गुमाएको छ ।
भने नेपालले एक असल मित्र गुमाएको छ । मैले एक श्रद्धेय एवं आदर्श व्यक्तित्व सदाको लागि गुमाएको छु । प्रधानमन्त्री कोइरालाले शोक बक्तब्यमा उल्लेख गर्नुभएको छ । ८४ वर्षीय कलामको भारतको सिलोङमा हिजो निधन भएको थियो ।