सिम्रिक एयरले अत्याधुनिक थप तीन हेलिकोप्टर ल्याउने
अन्नपूर्ण
काठमाडौं,१२ साउन। सिम्रिक एयरले प्रा.लि ले अत्याधुनिक प्रविधियुक्त थप तीन हेलिकोप्टर ल्याउने भएको छ। सिम्रिकले एयरबस हेलिकोप्टर्स फ्रान्ससँग ३ वटा नयाँ हेलिकप्टर खरिद गर्ने सम्झौता गरेको छ। सिम्रिकले खरिद गर्न लागेका हेलिकोप्टरमा २ वटा अत्याधुनिक प्रविधियुक्त एच १३० इसी - १३० र एउटा एच -१२५ एएस ३५० बीथ्रीइ मोडल रहेका छन्।
एच १३० इसी - १३० हेलिकोप्टर नेपालमा पहिलोपटक ल्याउन लागिएको हो। विशेष सुविधा र प्रविधियुक्त यी हेलिकप्टरको आगमनले नेपाली हेलिकप्टर सेवामा नयाँ आयाम थप्ने विश्वास सिम्रिकले गरेको छ। खरिद सम्बन्धी सम्झौता हालै सिंगापुरमा भएको हो । एयरबस हेलिकोप्टर्स कम्पनी सिंगापुर कार्यलयमा भएको खरिद सम्झौतामा सिम्रिक एयरका तर्फबाट अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका थिए।
सिम्रिक एयरले पहिलोपटक ल्याउन लागेको एच-१३० हेलिकोप्टर पाइलट सहित ८ सिट क्षमता र वातानुकुलित(वातावरण मैत्री) क्याबिन रहेको छ। सामान्य भन्दा बेग्लै टेल रोटर जडित यो हेलिकप्टर पर्यटकीय सेवाको लागी विशेष उपयुक्त हुने गरि निर्माण भएको सिम्रिक एयरका कम्पनी सचिव डिलबहादुर ओलीले बताए।
सम्झौता अनुसार एच (१२५ एएस ३५० बीथ्रीइ एक महिना भित्र र एच- १३० क्रमश ६ महिना र ९ महिना भित्र सिम्रिक एयर प्रा.ली.लाई हस्तान्तरण गरिने छ । यी हेलिकप्टरले उच्च हिमाली दृश्यावलोकन ,राहत तथा उद्धार एवं विकाश निर्माण कार्यमा बढी उपयोगी हुने विश्वास सिम्रिक एयरले लिएको छ ।
सिम्रिक एयर विगतमा पनि नयाँ अत्याधुनिक हेलिकप्टरहरु भित्र्याउने पहिलो नेपाली विमान सेवा कम्पनी हो । उक्त हेलिकप्टरहरु पर्यटन लगाएत राहत तथा उद्धार विकाश निर्माण कार्यमा प्रभावकारी देखिएको कम्पनी सचिव ओलीले बताए । नयाँ खाले हेलिकप्टरहरु नेपाली आकाशमा भित्र्याउदै जाने कम्पनीको अवधारण अनुरुप यसपटक नयाँ अत्याधुनिक प्रविधियुक्त हेलिकोप्टर भित्राउन लागिएको हो ।
एच -१२५ एएस ३५० बीथ्रीइ विमानवाट पाएको विश्वस्नीय सफलताले यस प्रा.लि.लाई पुनं.नेपालमा नै पहिलो हुने नयाँ अत्याधुनिक हेलिकोप्टर भित्र्याउने प्रेरणा प्राप्त भएको हो । भरपर्दो,सुरक्षीत तथा सिट क्षमता वढि भएको उच्च हिमाली क्षेत्रमा सहजै उडान तथा अवतरण गर्ने र लिवढि भार बहण गर्ने नै यसको विशेषता भएकोले नेपाली पर्यटन बजारमा यो हेलिकप्टरको आवश्यकता महसुस गरिएको छ ।
२०५८ सालदेखि एमआइ १७ रसिएन हेलिकप्टरबाट उडान सुरु गरेको यस विमान सेवा कम्पनिले १५ वर्ष देखिनै अनवरत रुपमा स्वदेशी तथा विदेशि पर्यटक टा«भल एजेन्सी विभिन्न सरकारी तथा गैरसरकारी एवं व्यक्तिगत तथा व्यक्तिगत फर्महरु वाट पाएको हौसला,माया सदभावनालाई प्रेरणाको स्रोत मानी अब यी अत्याधुनिक हेलिकप्टरहरु मार्फत थप विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्ने ओलीले बताए । सिम्रिक एयर प्रा.लि ले युरोकप्टर्स फ्रान्सद्धारा निर्मित थप एक वटा एक महिना भित्रै ल्याई सेवा संचालन गर्ने तयारी कम्पनीले गरेको छ । यसै वर्ष भित्र पाँचवटा हेलिकोप्टर संचालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
यी हेलिकप्टरमार्फत सिम्रिक एयरले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिक स्थल दर्शन, पर्यटकिय स्थलहरुको अवलोकन भ्रमण,उच्च हिमाली पर्वतिय दृश्यावलोकन, विकाश निर्माण समाग्र ,हेलीस्की, पुष्पवृष्टि, फोटोग्राफि, फिल्मीङ्ग, तथा उच्च हिमाली भेगमा राहत तथा उद्धार एवं प्राकृतिक दैविप्रकोप जस्ता क्षेत्रमा विशेष तालीम प्राप्त दक्ष पाइलट, इन्जिनियर तथा प्राविधिकहरुवाट सुरक्षित भरपर्दो र विश्वसनीय उडानहरु संचालन गर्ने कम्पनी सचिव ओलीले बताए ।