Live Streaming

​पूर्वाअञ्चल क्षेत्रमा ५४ प्रतिशत मात्र रोपाई

विराटनगर,१२ साउन । मध्य साउन सकिनै लाग्दा पनि अन्नको भण्डार मानिएको पूर्वााअञ्चल क्षेत्रमा ४५ प्रतिशत जमिन बाँझै रहेको छ । क्षेत्रीय कृर्षि निर्देशनालय विराटनगरका अनुसार सोमबारसम्म पूर्र्वाअञ्चलमा ५४ दशमलब ७ प्रतिशत मात्र धान रोपाइँं सम्पन्न भएको छ । पूर्वाञ्चलमा ५४ प्रतिशतमात्र रोपाई हुँंदा यस वर्ष धान उत्पादनमा गिरावट आउने कृर्षि प्रशासन अधिकृत हृदयराम पोखरले जानकारी दिनुभयो । 


गत वर्र्ष ४ लाख ११ हजार ७ सय ७५ हेक्टर क्षेत्रमा रोपाई भएको कार्यालयले जनाएको छ । गत वर्ष रोपाइँं भएको मध्येबाट १३ लाख ९७ हजार ७ सय ६० मेक्ट्रिकटन उत्पादन भएको अधिकृत पोखरेलकोे भनाइ छ । यस वर्र्ष २ लाख ८० हजार ८ सय २० हेक्टरमा रोपाई भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार समयमै वर्षा नभएकाले गत वर्षको तुलनामा उत्पादनमा कमी आउने बताइएको छ ।