Live Streaming

​संविधानको सभाको बैठक आज बस्दै

काठमडौं,१२ साउन । संविधानको सभाको बैठक आज बस्दैछ । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय–सुझाव लिन स्थगित भएको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बुझाएको प्रतिवेदन पेस हुनेछ ।  

जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गरेर हिजो सुझाव समितिले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाएको छ  । संविधानसभामा आज पेस हुने समितिको प्रतिवेदनमाथि अर्कोदिन हुने सामान्य छलफल पछि संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विवाद समाधानको जिम्मेवारी पाउने छ ।

जनताबाट प्राप्त सुझाव मध्ये कुन कुन राय गहण गर्ने भन्ने संवादको निर्णयका आधारमा संविधानसभाले संविधानको परिमार्जित विधेयक निर्माणको जिम्मेवारी संविधान मस्यौदा समितिलाई दिने छ । साउन मसान्तमा संविधान जारी गर्ने लक्ष्य सहित संविधानसभाले संवाद समितिलाई बढिमा एक साताको समय दिने तयारी भएको संविधानसभा उपाध्यक्ष ओनसरी घर्तिमगरले जानकारी दिनुभयो ।