भारतका पू्र्व राष्ट्रपति अब्दुल कलामको निधन
एजेन्सी : भारतका पूर्ब राष्ट्रपति एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हृदयघातका कारण उनको निधन सिलोङमा भएको हो ।
सिलोङका एसपी सिटी विवेक स्यामले भारतीय सञ्चारमाध्यमलार्इ जनाए अनुसार एक कार्यक्रममा भाषण गर्ने क्रममा लडेका उनको गम्भीर अवस्थामा अस्पता भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो ।
अब्दुल कलाम भारतका चर्चित मिसाइल वैज्ञानिक थिए । उनी सन् २००२ देखि २००७ सम्म भारतको राष्ट्रपति भएका थिए ।
मिसाइल म्यानको नामबाट परिचित अब्दुल कलामले सिलोङ जानुअघि ट्वीट गर्न भ्याएका थिए । 'सिलोङ जाँदैछु, लिवेबल प्लेनेट अर्थबारे आईआईएममा एक कार्यक्रममा भाग लिनका लागि ।'
कलामको निधनप्रति भारतीय गृहमन्त्री राजनाथ सिंहले दु:ख व्यक्त गरेका छ्न् । 'उनको अचानक निधनबाट धेरै दुखी छु, उनी एक पुरा पिंढीका लागि प्रेरणाका स्रोत थिए ।'
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै डाक्टर एपीजे अब्दुल कलामको निधनले देशले एक असली भारत रत्न गुमाएको प्रतिक्रिया दिएका छन् ।
भारतका एघारा राष्ट्रपति कलामको जन्म १५ अक्टोबर १९३१ मा भारतकै रामेश्वरममा भएको थियो । भारतलार्इ परमाणु शक्ति सम्पन्न बनाउन उनको महत्वपूर्ण योगदान थियो ।