Live Streaming

पहिरोमा पुरिएर एकको मृत्यु

गोरखाबजार, ११ साउन । गाउँमाथिको पहाडको ढिस्को खसेर पुरिंदा उत्तरी गोरखाको उहिया गाविस– ९ का थल्सी गुरुङको मृत्यु भएको छ । आइतबार घरबाट गोठ जाने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

गाई गोठमा जाँदै गर्दा नरवा भिरबाट झरेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीयवासी जसमाया गुरुङले जानकारी दिनुभयो । गाउँलेले पहिरोभित्र च्यापिएका गुरुङको शव निकालेका थिए । गुरुङको शव पहिराबाट झिकेर आज अन्त्यष्ठि गरिएको जसमायाले बताउनुभयो ।  भूकम्पपछि चिराचिरा भएको जमिन बर्षात्पछि पहिरो झर्दा उत्तरी भेगका गोरेटो, घोरेटो बाटो पनि अबरुद्ध भएका छन् । रासस