पञ्जाबमा आतंककारी आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु

एजेन्सी,११ साउन । भारतको पञ्जाबमा भएको आतंककारी आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । पञ्जाबको गुरदासपुरमा प्रहरी पोष्ट र बस स्टेशनमा भएको आक्रमणमा अन्य दर्जनौ घाईत भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३–४ जनाको समुहमा आएको आतंक्बादि समुहले पहिले प्रहरी पोष्ट र त्यसपछि बस स्टेशनमा आक्रमण गरेको थियो । एउटा सेतो मारुती नियन्त्रणमा लिई आएका बिद्रोहि समुहले जम्मुका लागि छुटेको एब बसमा पनि अन्धाधुन्ध गोली चलाएका थिए । उनीहरुले नजिकैको रेल स्टेशनमा राखेको ९ बटा बम प्रहरीले फेला पारेको छ ।
गोली लागि मृत्यु हुनेहरुमा ३ प्रहरी र ६ सर्बसाधारण रहेका छन् । सो घटनाको जिम्मेबारी कसैले नलिएपनि पाकिस्तानी आतंकबादि समुहले नै सो आक्रमण गरेको भारतीय अधिकारीहरुले दाबि गरेका छन् । यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदिले सुरक्षा अधिकारीहरुको आकस्मिक बैठक आब्हान गर्नुभएको छ ।