अब कुनै पनि हालतमा संविधानको काम रोकिन्न: दाहाल

काठमाडौं,११ साउन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशको सिमांकन टुंग्याएर मात्र संविधान जारी गर्ने नाममा ढिलाइ नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँले सिमांकनसहितको संबिधान जारी गर्न आफु सहमत भए पनि यसैका नाममा संबिधान जारी गर्न ढिलाइ भने नगरिने बताउनुभयो ।
रिपोर्टस क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले आफु प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको साशकिय स्वरुपकै पक्षमा रहेको बताउनुभयो । एमाओबादी अब पुरानो संसदीय प्रणालीको पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीविरुद्ध दुइ बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने प्रावधानमा कंग्रेस सहमत हुनु पुरानो संसदीय प्रणाली भएको जिकिर गर्नुभयो ।
आमा वा बाबुकै नामबाट नागरिकता प्राप्त हुने भएकाले यसमा ढुक्क हुन अध्यक्ष दहालको आग्रह छ । धर्मनिरपेक्षाका बिषयमा भने सबैका लागि मान्य हुने शब्द राख्ने बिषयमा छलफल भइरहेको बताउनुभयो ।