Live Streaming

संविधानसभा भवनबाट सभासद्को एक लाख चोरी

रत्नप्रसाद आचार्य

काठमाडौं: संविधानसभा भवनको कडा सुरक्षा घेराभित्र आईतवार एक सभासद्को एकलाख रुपैयाँ चोरी भएको छ । नेपाली काग्रेसको तर्फबाट काठमाडौंबाट समानुपातिक कोटामा सभासद् बनेका मनमोहन भटट्राईको एक लाख रुपैया चोरी भएको हो ।

 हिमालय बैंक बानेश्वर शाखाबाट साथीसँग सापटी मागेर झिकेको एक लाख रुपैया संविधानसभा भवन भित्रबाट हराएको बताइएको छ । साथीसँग सापटी मागेर ल्याएको रकम हराएपछी सभासद् भट्टराई तनावमा छन् । 

 आइतवार नै हिमालय बैंकबाट साथीले सापटी स्वरुप दिएको एक लाख रुपैयाको चेकबाट साटेर ल्याएको रकम संविधानसभा भवनको कम्पाउण्ड भित्र पार्किङ गरेको बा १२ च ३२५२ नम्बरको अल्टो गाडीबाट उक्त रकम हराएको सभासद भट्टराईले बताएका छन् ।

आईतवार संसद बैठकमा भाग लिन जाने क्रममा आफैले चलाएको गाडी पार्किङ स्थलमा राखेको गाडी भित्र राखेको कोटको खल्तीबाट एक लाख रुपैया चोरी भएको सभासद भट्राईले जानकारी दिए । पैसा चोरी हुनुमा मेरो पनि केहि गल्ती छ, उनले भने, ‘ गाडिको झ्यालको सिसा नलगाएका कारण मेरो एक लाख चोरी भयो ।

 उनले संविधान सभा भवनको कडा सुरक्षा घेराभित्र आफ्नो रकम चोरी भएको घट्नाको भने भत्र्सना गरेका छन् । उनले जसरी भए पनि सापटी मागेर घर खर्चका लागि ल्याएको चोरी भएको रकम आफुले फिर्ता पाउनु पर्ने माग गरेका छन् । 

 बैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण एक महिनाको तलव सभामुखलाई र एक महिनाको तलव पार्टीलाई दिएका कारण बखर्ची भएर साथीसंग सापटी मागेको रकम समेत चोरी भएपछी घर खर्च चलाउन झन समस्या भएको सभासद भट्टराईले बताए । 

आज मेरो एक लाख रुपैया चोरी भयो भनेर मात्र मैलै सुरक्षा व्यबस्था राम्रो नभएको कुरा गरेको हैन, अन्नपूर्णसंग टेलिफोनमा कुरा गर्दै उनले भने मेरा गाडिको खुट्टा राख्ने म्याट समेत संविधान सभा भवनबाटै हराएको छ । उनले संविधानसभा भवनमा आइन्दा चोरी घटना नदोहिरोयोस भन्दै सुरक्षा व्यबस्थाका बारेमा पनि चिन्ता व्यक्त गरेका छन ।

 यता सभासदको एक लाख रुपैयाँ चोरी भएको विषयमा नेपाल प्रहरीको संविधानसभा बेसका इञ्चार्ज प्रहरी निरीक्षक दितेन्द्र पञ्जियारलेले चोरीभएको घटनाको अनुसन्धान भइरहेको बताए । उनले सभासद भट्राईको रकम चोरी भएको विषयमा संविधानसभा भवनमा जडान गरिएको सिसि क्यामेराबाट अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । 

 उनले कडा सुरक्षा घेरा भित्रबाट सासदको रकम चोरी भएको घटनाको विषयमा आश्र्चय प्रकट समेत गरेका छन् । संविधान सभामा दैनिक ७ सय भन्दा बढि गाडि पार्किङ हुन्छन । प्रनि पञ्जियारले भने, ‘ रकम चोरी गर्नेलाई सोमवार सम्म प्रहरीले पक्राउ गरी सभासदको रकम फिर्ता गराउन प्रहरी सक्रिय भएर लागेको छ ।

 सभासद भट्टराईको रकम चोरी संविधान सभाका सभासद वा अन्य कर्मचारीकै गाडि चलाउने चालकले चोरी गरेको सिसि क्यामराबाट पत्ता लागेको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ ।