छुट्टाछुट्टै ठाउँंमा तीनजनाको मृत्यु

दाङ,११ साउनन। बाँकेको चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुर्खेतबाट कोहलपुर आउँंदै गरेको भे ३ प ४२ ०५ नम्बरको मोटरसाइकल तीव्र्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतक दुवैको सनाखत हुन सकेको छैन । यसैबीच संखुवासभाको मकालु–३ रिचेपोको खोचमा लडेर एक युवकको मृत्यु भएको छ । यार्सा खोज्न गएका स्थानीय २१ वर्षीय नुर्बु शेर्पाको खोचमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । गत साउन २ गते यार्सा खोज्न गएका युवक घर नफर्किएपछि परिवारले खोजतलास गर्ने क्रममा रेचेपो खोलाको अप्ठ्यारो खोचमा उनको शव भेटिएको हो