Live Streaming

आज साउन महिनाको दोश्रो सोमबार,शिवालयमा दर्शनार्थीको घुइँंचो

काठमाडौं,११ साउन । आज बिहानैदेखि शिवालयमा दर्शनाथीहरुको घुइँंचो लागेको छ । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दीरमा बिहानदेखिनै दर्शनार्थीको चाप छ । पार्वतीले महादेव पाउनका लागि साउन महिनाभरी निराहार ब्रत बसेकी थिइन् भन्ने विश्वासका आधारमा योग्य पति पाउन वा पति तथा सन्तानको दीर्घायुको कामनाका लागि शिवको दर्शन तथा उपसना गरिएको बताइन्छ ।

साउन महिनामा दुःख गरेर शिवालय पुगेर शुद्ध जल तथा गाईको दूध चढाएमा सुख, शान्ति, दीर्घायु प्राप्त हुने विश्वासका साथ यो महिनामा शिवका मन्दीर पुगेर दर्शन गर्ने गरिन्छ । यही महिनामा गेरुवा वस्त्र धारण गरेर बोलबम जाने प्रचलन पनि छ ।