नेपाली टोली स्कटल्याण्डमा

काठमाडौं,११ साउन । बुधबारबाट सुरु हुने विश्व क्रिकेट लिग च्याम्पियनको लागि नेपाली टोली स्कटल्याण्ड पुगेको छ । होम एण्ड अबेका आधारमा हुने प्रतियोगिताअन्तर्गत नेपालले बलियो मानिएको स्कटल्याण्डसँंंग २ वटा म्याच उसको घरेलु मैदानमा खेल्नेछ ।
बुधबार नेपाली समय अनुसार दिउँंसो साढे ३ बजेबाट सुरु हुने प्रतियेगितामा नेपाली टोलीमा केहि परिवर्तन हुने प्रशिक्षक पुबुदु दशानायकेले जनाएका छन् । टोलिका केही नियमित खेलाडिलाई प्रतिस्थापन गर्दै नयाँ खेलाडीलाई मौका दिने प्रशिक्षक दाशानायकेको योजना छ ।