१ सय २५ अफगान प्रहरी मुक्त

एजेन्सी,११ साउन । तालेवान विद्रोहीले आफ्नो नियन्त्रणमा राखेका १ सय २५ अफगान प्रहरीलाई मुक्त गरेको छ । राजधानी काबुलदेखि ३ सय किलोमिटर टाढा रहेको विद्रोही प्रभावित ईलाकामा ३ दिनको संघर्षपछि आफ्नो नियन्त्रणमा राखेका ती प्रहरीलाई उनीहरुले हिजो मुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुलाई वारडोज जिल्लाबाट मुक्त गरिएको हो । उच्च स्तरमा तालेवान विद्रोहीसँंंगको सम्पर्क पछि उनीहरुलाई मुक्त गराउन सफल भएको अधिकारीहरुले जनाएका छन् । यसअघि पनि तालेवान विद्रोहीले आफ्नो कब्जामा राखेका सरकारी अधिकारी तथा प्रहरीहरुलाई मुक्त गरेका थिए ।