अस्पताल भर्ना गरिएका पारस शाहलाई आज सिसीयुमा राखिने

काठमाडौं,११ साउन । मुटुको धड्कन अनियमित भएपछि अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहलाई आज साँंझसम्म चिकित्सकको निगरानीमा सिसीयुमा राखिने भएको छ । हिजो अपरान्ह नर्भिक अस्पतालमा भर्ना भएका शाहको वरिष्ठ हृदयरोग विशेषज्ञ डा भारत रावत र डा.सुजीव राजभण्डारीको टोलीले उपचार गरिरहेको अस्पतालका सञ्चार संयोजक आरपी मैनालीले जानकारी दिनुभयो ।
शाहको मुटुको गतिमा केही अनियमितता देखिएपछि सो गतिलाई नियमित गर्न आइसिडी (इम्प्लान्टेवल कार्डियोभर्टर डेफि ब्रिलेटर) जडान गरिएको छ । उहाँको अवस्थामा अहिले सुधार आएकोले कुनै उतारचढाव नभए साँझ सिसीयुबाट निकालिने छ । यद्यपी सिसीयुबाट निस्किएपछि पनि २ दिन उनी चिकित्सकको निगरानीमा अस्पतामै बस्नुपर्ने छ । ४३ वर्षीय पूर्व युवराज शाहको ८ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिक अस्पतालमै आकस्मिक कोरोनरी एन्जियो प्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो भने दुई वर्षअघि उहाँलाई पुनःहृदयाघात भएको थियो ।