Live Streaming

​प्राधिकरणलाई पूर्णता नदिए सहयोग नगर्ने दाताहको चेतावनी

काठमाडौं,११ साउन । भुकम्पपछि गठन गरिएको पुर्ननिर्माण प्राधिकरणलाई पूर्णता नदिए सहयोग नगर्ने दाताहरुले चेतावनी दिएका छन् । उनीहरुले प्राधिकरण गठनमा नेपाल सरकार गम्भीर नभएको भन्दै यथासक्य गठन प्रक्रिया नथाले सहयोग गर्न नसक्ने संकेत गरेका हुन् ।

सम्मेलन सम्पन्न भएको १ महिना बितिसक्दा पनि प्राधिकरण गठनमा सरकार गम्भीर नभएको भन्दै तत्काल पुर्ननिर्माणको वातावरण सुरु गर्न दाताहरुले सरकारसँंग आग्रह गरेका हुन् । बिशेषगरी युरोपियन युनियन ईयु, एसियाली विकासबैंक  विश्वैंक , जापान सहयोग नियोग जाईकालगायततका दाताहरुले भुकम्प पछिको पुर्ननिर्माणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

उनीहरुले भुकम्पबाट प्रभावित जनताको सहयोग र पुर्ननिर्माणमा भइरहेको ढिलासुस्ती प्रति समेत असन्तुष्टि जनाएका छन् । सरकारले गत असार १० गते भुकम्प पछिको पुर्ननिर्माणका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय दाताहरुलाई काठमाडौमै बोलाई अन्तराष्ट्रिय दाता सम्मेलन गरेको  थियो ।