Live Streaming

​प्रतिवेदन आज संविधानसभा अध्यक्षलाई बुझाइने

काठमाडौं,११ साउन । संविधानको मस्यौदामा जनताले दिएका रायसुझावसहितको एकीकृत प्रतिवेदन आज बुझाइने भएको छ । पचहत्तरै जिल्लामा खटिएका सभासद्सहितको टोलीले जनताका सुझावसहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ ।

 सबै सुझावलाई एकीकृत गरी  प्रतिवेदन तयार पारेको समितिले जनाएको छ । बिहान ११ बजेपछि बस्ने बैठकले प्रतिवेदन तयार पार्ने र आजै अपरान्ह संविधानसभा अध्यक्षलाई बुझाइने नागरिक सम्बन्ध तथा संविधान सुझाव प्रतिवेदन उपसमितिका संयोजक प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । सुझाव सङ्कलनका लागि २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेका सभासद्ले तयार पारेको प्रतिवेदनको आधारमा उपसमितिले हिजो प्रतिवेदन तयार पारेको हो ।

नागरिकबाट प्राप्त सुझाव समेटेर यसै महिनाभित्र संविधान घोषणा गर्ने दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको छ ।