Live Streaming

बसको ठक्करबाट मृत्यु

ललितपुर,१० साउन । स्कूल बसले ठक्कर दिदा ललितपुरस्थित पुल्चोक मोडमा आज एकजनाको मृत्यु भएको छ । बसले स्कुटरलाई ठक्कर दिंदा गम्भीर घाइते भएका स्कुटर चालक इभान अमात्यको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्ञानोदय मोडबाट पुल्चोकतर्फ गइरहेको ज्ञानोदय स्कुलको बा.१.ख. ३०५० नम्बरको बसले बिपरीततर्फ जाँंदै गरेको बा.५६ प.९५९ नं.को स्कुटरलाई ठक्कर दिँदा १८ वर्षीय अमात्य गम्भीर घाइते भएका थिए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।