भुकम्प पीडितलाई सहयोग गर्दै झुलेका युवाहरु

सुवास योञ्जन
झुले(दोलखा) १० साउन । भुकम्पले घर भत्किए पछि पालमा बस्दै आएका झुलेका दलित,असाय अशक्तको घाउमा केही मात्रामा भएपनि मलहम लागेको छ । घरको छानो किन्ने पैशा नभएर छटपटी रहेका झुलेबासी काठमाडांै कर्म थलो बनाएर बसेका केही झुले युवाहरुको सक्रियतामा प्रति परिवार १÷१ बण्डल जस्ता पाता वितरण गरिएपछि झुलेबासीलाई केही राहत मिलेको हो ।
पाल र थोत्रा चित्रा राखेर बसेका थियौं,अब जस्ता लगाएर आजबाटै आनन्दले निदाउन पाइने भयो, जस्ता लिन आएकी झुले ३ की हर्कमाया विकले खुसी हँदै सुनाइन ।
जस्ता किन्ने पैशा थिएन,कमाउने पनि कोही छैन,यस्तो अवस्थामा जस्ता पाउँंदा निकै हर्सित भएको विकले बताइन । भुकम्पले घर लडेको र बस्नको लागि पालको सहारा लिएको बताउँंदै हावा हुरी आउँंदा ,ठूलो पानी पर्दा समस्या हुने थियो,अब समधान हुनेभयो,विकले भनिन् ।
यस्तै झुले ८ की सिता विक पनि जस्ता पाएपछि खुसी देखिइन् । एक वर्ष अघि श्रीमानको मृत्युबाट बेसहरा भएकी विकको घरमा कमाउने कोही नभएपछि पालको भरमा दैनिक गुजारा गरिरहेको उनले दुखेसो पोखिन् । जसोतसो टहरा निर्माण गरेपनि भरपर्दो छाउने चिज नभइरहेको बेला जस्ता पाएपछि आफु बस्ने घर बलियो बनाउने भन्दै उनले रेडियो अन्नपूर्णसँंग बताइन ।
झुले ७ की नरमाया तामाङको पनि मुहारमा केहि मात्रामा हांसो छाएको छ ।
एकल महिलाको रुपमा जस्ता पाएपछि घरको छानो हुने भयो भन्दै मनमा खुसी लागेको तामाङले बताइन् । काठमाडांैमा खाइ नखाइ आफूहरुको पीडामा मलम लगाउन थोरै थोरै पैशा जम्मा गरी जस्ता ल्याइदिएको भन्दै सबैलाई धन्यवाद समेत दिइन् । झुलेमा रहेको सम्पूर्ण दलित परिवार ,असाहय र असक्त गरी ११९ जना परिवारलाई जस्ता हस्तान्तरण गरीएको स्थानीय एवं सेवक नेपालका वासम्यानेजर धुव्र कार्कीले जानकारी दिए । उनले राजधानीमा बसेका युवादेखि वृद्धाहरुले संकलन गरेको रकम र अपुग जस्ता खरिद गर्न परिवर्तन नेपाल र सेवक नेपालले पनि सहयोग गरेको जानकारी दिए । सेवक नेपालमा आवद्ध कर्मचारीहरुले एक दिनको बराबरको तलब जस्ता खरिदमा सहयोग गरेको बताए ।