Live Streaming

पूर्वसभासद कुवशाहाविरुद्ध मुद्धा दर्ता

क्रान्ति शाह

वीरगन्ज,१० साउन । बाराका एसपी र डिएसपीसंग दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष एंव पुर्वसभासद शीवचन्द्र कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक अपराध मुद्धा दर्ता गराएको छ ।पुर्वसभासद कुवशाहा विरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गराएर १५ दिनको म्याद थप गराइ अनुसन्धान प्रकृया अगाडि बढाइएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रवीन्द्र रेग्मीले बताउनु भयो । 


िछमेकीको घर तोडफोड गरेको तथा बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्ल र प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीसंग दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पुर्वसभासद कुशवाहालाइ अस्ति शुक्रबार देखि नै नियन्त्रणमा लिएर प्रहरीको हिरासतमा राखेको छ । बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ८ मा रहेको छिमेकीको घर तोडफोड गरेको आरोप लागेपछि छलफलका विवाद मिलाउन जिल्ला प्रहरी कार्यालय बाराले अस्ति शुक्रबार दुवै पक्षलाई बोलाएको थियो । छलफलका क्रममा पुर्वसभासद कुशवाहाले प्रहरी उपरिक्षक मल्ल र प्रहरी नायव उपरिक्षक रेग्मी  दुब्र्यबहार गर्दै हातपातको प्रयास गरे पछि प्रहरीले उनलाई हिरासतमा लिएको थियो । 

तर कुशवाहाका आफन्त र  समर्थकहरुले भने प्रहरीले झुठा आरोप लगाएर कुशवाहालाइ हिरासतमा लिएको बताएका छन् । अस्ति शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षक मल्लले सोधेको प्रश्नको जवाफ दिने क्रममा चर्काचर्की भएकै निहुमा सभासद भइसकेका कुशवाहालाइ पक्रेर प्रहरीले ज्यदाती गरेको उनिहरुको भनाइ छ । कुशवाहाको रिहाइको माग गर्दै उनका आफन्त , समर्थक र  विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बाराको सदरमुकाम कलैयामा हिजो दिनभर प्रदर्शन समेत गरेका थिए ।